काठमाडौं- नेपाल टेलिकमले आज पुस २९ गतेबाट शेयरधनीको बैंक खातामा नगद लाभांश बापतको रकम पठाउने भएको छ।
कम्पनीले एक सूचना जारी गर्दै पुस २८ गते सम्पन्न १७ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिशेयर रु. ३०(करसमेत) का दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएसँगै आजबाट एनएमबि क्यापिटलबाट सम्बन्धित शेयरधनीको हितग्राही खातामा उल्लेखित बैंक खातामा रकम जम्मा गर्न लागिएको हो।
साझा अर्थ संवाददाता