पात्रो

रेडियो

समाचार खोजी

लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयर पारित

साझा अर्थ संवाददाता २६ पुष २०८१, शुक्रवार

 

लक्ष्मी सनराइजको बैंकको साधारणसभाबाट लाभांश पारित भएको छ । बैंकको बुधबार बसेको २४औँ वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । 

साधारणसभाले आर्थिक वर्ष ०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरणउपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष ०८१/८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । 

आव ०८०/८१ मा ३ खर्ब ३३ अर्ब निक्षेप र २ खर्ब ५८ अर्ब कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ३ तीन खर्ब ९५ अर्ब रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

164 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता