काठमाडौं: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) तथा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएकामा उहाँहरूलाई सम्मान गर्न आयोजित कार्यक्रममा सिंहले मुलुकको सामाजिक-आर्थिक विकासलाई वर्तमान सरकारले अगाडि बढाउने बताउनु भयो भयो । राजनीतिकि स्थायित्वबाट नै विकास सम्भव हुने भएकोले वर्तमान सरकार गठन भएको बताउँदै यो सरकारले जनताले अनुभूति गर्न गरी काम गर्ने दावी समेत गर्नु भयो ।
साझा अर्थ संवाददाता