आज मंगलबार शेयरबजार परिसूचक ६.१६ अंकले बढेर २६४६.८४ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३०५ कम्पनीका. शेयर खरिद बिक्रीबाट ५ अर्ब ३८ करोड ४६ लाख ७२ हजार २ सय ९५ रुपैयाँ ६७ पैसाको कारोबार भएको छ। जस मध्ये सिन्धु विकास बैंकको सर्वाधिक १६ करोड ९२ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड ९७ लाख र साहस उर्जाको १४ करोड ४९ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक र न्यादी हाइड्रोको शेयर मूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने प्रभु महालक्ष्मी लाइफको शेयर मूल्य ९.(९९ प्रतिशत, सिन्धु विकास बैंकको शेयर मूल्य ९.७७ प्रतिशत तथा समृद्धि फाइनान्सको शेयर मूल्य ९.०६ प्रतिशत बढेको छ।
आज कारोबारमा आएका मध्ये आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ । त्यस्तै भूगोल इनर्जीको शेयर मूल्य ८.४९ प्रतिशत घटेको छ भने उपकार लघुवित्तको शेयर मूल्य ५.६५ प्रतिशत घटेको छ।
साझा अर्थ संवाददाता