पात्रो

रेडियो

समाचार खोजी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा ६ जना सञ्चालक निर्विरोध

साझा अर्थ संवाददाता २१ पुष २०८१, आइतवार

 

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । पुस १९ गते बसेको बैंकको १६ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुनेमा थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल,विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई रहेका छन् । थानेश्वर पौडेल,सुरज उप्रेती,विरेन्द्र भुसाल संस्थापक सेयरधनीका तर्फबाट र विरेन्द्र विष्ट,नम्रता भण्डारी र हिमाल भट्टराई सर्वसाधारण सेयरधनीका तर्फबाट निर्वाचित भएका हुन् ।  

 साधारण सभापश्चात बसेको बैंकको सञ्चालक समितिले निर्वाचित भएका मध्येबाट थानेश्वर पौडेललाई समितिको अध्यक्ष चयन गरेको छ ।    

133 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ