पात्रो

रेडियो

समाचार खोजी

माछापालनप्रति किसानको आकर्षण बढ्दै

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

नवलपरासी(बर्दघाट सुस्तापूर्व): बर्दघाट सुस्तापूर्वमा माछापालनप्रति किसानको आकर्षण बढ्दै गएको पाइएको छ । एक आर्थिक वर्षको अवधिममा सन्तावन्न माछा पोखरी थपिएपछि आकर्षण बढेको पाइएको हो । 
 जिल्लामा पछिल्लो तीन वर्षमा माछापालनतर्फ किसानको आकर्षण बढ्दा उत्पादनमा पनि वृद्धि भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाउको छ । अन्य ब्यावसायको तुलनामा यो ब्यवसाय गर्न सहज भएको ले किसानको आकर्षण बढेको कार्यलप्रमुख ऋषभ गुरागाईँले बताउनुभयो । गत आर्थिक वर्षको अन्त्य सम्ममा एकहजार पाँचसय चौरहत्तर पुगेको कार्यालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७९-८० मा माछा पोखरीको संख्या एकहजार पाँचसय सत्र मात्र रहेको थियो ।  गत आर्थिक वर्षमा कुल सन्तावन्न माछा पोखरी थपिएका छन् । यसबाट किसानहरुमा माछापालनप्रति आकर्षण बढी रहेको देखिन्छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट नौ सय ६८ मेट्रिक टन माछा उत्पादन भएको मा आर्थिक वषै २०८०/८१ मा नौ सय ८१ मेट्रिक टन माछा उत्पादन भएको कार्यलयको तथ्याङ्क छ ।

211 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता