पात्रो

रेडियो

समाचार खोजी

अन्तिम दिन बजारमा सामान्य सुधार

साझा अर्थ संवाददाता १८ पुष २०८१, बिहिवार

 

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहिबार तीब्र उतारचढावबीच सेयर बजार ४.६३ अंकले बढेर २५८६.२३ बिन्दुमा रोकिएको छ । अघिल्लो कारोबार दिन बुधबार पनि नेप्से ५.१० अंकले बढेको थियो।  

बिहीबार नेप्सेमा कुल ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।   बुधबार भने ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो। 

 
बिहीबार कारोबारमा आएकामध्ये १५६ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ। 

बिहीबार न्यादी जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अन्य ६ कम्पनीको सेयर मूल्य नौ अंक बढीले वृद्धि भएको छ। यस्तै, सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य भने सर्वाधिक अर्थात् ५.०२ प्रतिशतले घटेको छ। 

बिहीबार विकास बैंक समूहमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ। यस समूहको सेयर मूल्य २.४० प्रतिशतले बढ्दा जलविद्युत समूहमा १.८७ प्रतिशतको सुधार आएको छ। 
 

258 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता