पात्रो

रेडियो

समाचार खोजी

सामान्य बढ्यो नेप्से

साझा अर्थ संवाददाता १७ पुष २०८१, बुधवार

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का आज ५.१० अंकले बढेको छ । बुधबारको बजार ०.१९ प्रतिशतले बढ्दा नेप्से परिसूचक २५८१.६० अंकमा पुगेको छ । 

 आज ३०५ कम्पनीका ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोड ७४ लाख बराबरको शेयर किनबेच भएको थियो । 

 विभिन्न ५ कम्पनी   त्रिशुली जलविद्युत, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र जोशी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९३, ९.८३, ९.३६ र ९.२९ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३ सय ४९।६० रुपियाँ बराबराको कारोबार भएको नेप्सेले जनाएको छ । 

 

283 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता