महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको एफपीओ आगामी शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले मंगलबार प्रि अलोटमेन्ट गरेको र पुस १९ गते शुक्रबार बिहान शेयर बाँडफाँड गर्ने तयारी गरेको हो ।
क्यापिटलका अनुसार हिजो मंगलबार एफपीओको प्रि अलोटमेन्ट गरिएको छ।
लघुवित्तले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४ सय ४९ कित्ता सेयर निष्काशन गरेको थियो ।
साझा अर्थ संवाददाता