पात्रो

रेडियो

समाचार खोजी

६  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १६ पुष २०८१, मङ्गलवार

 
साधारणसभा प्रयोजनको लागि पुस १७  गते बुक क्लोज गर्ने निर्णय गरेका ६  कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आजसम्म कायम शेयरधनीले शिवम सिमेन्ट, लक्ष्मी सनराइज बैंक, डिप्रोक्स लघुवित्त, सांग्रिला डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्न पाउँनेछन् ।

शिवम सिमेन्टले ८.५५ प्रतिशत बोनस शेयर र ०.४५ प्रतिशत नगद लाभांश, लक्ष्मी सनराइज बैंकले ५ प्रतिशत बोनस शेयर र ०.२६  प्रतिशत नगद लाभांश, डिप्रोक्स लघुवित्तले ९.५०  प्रतिशत बोनस शेयर र ०.५०  प्रतिशत नगद लाभांश, सांग्रिला डेभलपमेन्ट बैंकले ३.६५१६  प्रतिशत बोनस शेयर र ०.१९२२  प्रतिशत नगद लाभांश, आईसीएफसी फाइनान्सले ५.२६३२  प्रतिशत नगद लाभांश र साना किसान विकास लघुवित्तले १३.३०  प्रतिशत बोनस शेयर र ०.७०  प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेका छन् । 

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता