हुलास ग्रुप अन्तर्गतका दुई कम्पनी हुलास इन्फ्रा लिमिटेड र हुलास आइरण इन्डस्ट्रीजले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारणसभा बोलाएका छन् ।
हुलास इन्फ्रा लिमिटेडले पुस २१ गते र हुलास आइरण इन्डस्ट्रीजले पुस २५ गते साधारणसभा बोलाएको साधारणसभाको विशेष प्रस्तावमा प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संसोधन गर्ने, आईपीओ निष्काशनको लागि प्रत्याभूतिकर्ता नियुक्त गर्ने, तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा थप संशोधन गर्नु पर्नेमा संचालक समितिलाई अख्तियारी दिनेलगायतका छन् ।
साझा अर्थ संवाददाता