पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनीको विकास खर्च साढे १० प्रतिशत मात्रै

साझा अर्थ संवाददाता १४ पुष २०८१, आइतवार

 
लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा विकास खर्च साढे १० प्रतिशत मात्रै भएको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय लुम्बिनीका अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको पुँजीगत खर्च शून्य नै रहेको छ । ३ प्रतिशतभन्दा पनि कम पुँजीगत खर्च गर्ने मन्त्रालयमध्ये उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको मंसिर मसान्तसम्मको पुँजीगत खर्च १ दशमलव ६६ प्रतिशत रहेको छ । त्यस्तै, सामाजिक विकास मन्त्रालयको १ दशमलव ७८, वन तथा वातावरण मन्त्रालयको २ दशमलव ८६ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २ दशमलव ९२ प्रतिशत पुँजीगत खर्च रहेको छ ।

प्रदेश सरकारले मंसिर मसान्तसम्ममा १० दशमलव ५५ प्रतिशत पुँजीगत खर्च गरेको छ । यो अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च ८ दशमलव ६२, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ९ दशमलव ४६ प्रतिशत र खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको १२ दशमलव ५७ प्रतिशत खर्च रहेको छ । स्वास्थ्य मन्त्रालयको पुँजीगततर्फ २७ दशमलव ३८ प्रतिशत खर्च रहेको छ । त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले १४ दशमलव ५५ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

समीक्षा अवधिमा चालूतर्फ लुम्बिनी सरकारले १९ दशमलव ४८ प्रतिशत खर्च गरेको छ । प्रदेश सरकारको चालू आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको विनियोजन भएको छ । पुँजीगत र चालूसहित मंसिर मसान्तसम्म १३ दशमलव ८५ प्रतिशत कुल बजेट खर्च भएको छ । अर्थात्, पाँच अर्ब ३९ करोड ६८ लाख ६४ हजार नौ सय ०३ रुपैयाँ खर्च भएको छ । यहाँ पुँजीगतको बजेटतर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा दुई अर्ब ५९ करोड ४३ लाख ९२ हजार सात सय ६५ रुपैयाँ खर्च गरेको छ । त्यस्तै, चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा दुई अर्ब ८० करोड २४ लाख ७२ हजार एक सय ३७ रुपैयाँ अर्थात् १९ दशमलव ४८ प्रतिशत खर्च गरेको छ ।

135 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्