काठमाडौं । दाउन्ने एग्रो फार्म लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्तावसहित सातौं वार्षिक साधारणसभासमेत बोलाएको छ ।
सभा पुस १८ गते होटल स्टार रत्ननगर नगरपालिका १ चितवनमा साधारण सभा बस्दैछ । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।
साझा अर्थ संवाददाता