साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका ७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । पुस १५ गते सार्वजनिक विदा रहेकोले आज आज पुस १४ गते नै यी कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। महालक्ष्मी विकास बैंक, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, छिमेक लघुवित्त, मितेरी डेभलपमेन्ट बैंक, र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
महालक्ष्मी विकास बैंकको ३ प्रतिशत बोनस र ४ प्रतिशत नगद लाभांश, जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर ०.७५ प्रतिशत नगद लाभांश, कृषि विकास बैंकको ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांस, छिमेक लघुवित्तको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश, मितेरी डेभलपमेन्ट बैंकको ९.५०७९ प्रतिशत बोनस शेयर र ०.५००४ प्रतिशत नगद लाभांश र चिलिमे जलविद्युतले १० प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
साझा अर्थ संवाददाता