पात्रो

रेडियो

समाचार खोजी

महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्यो

साझा अर्थ संवाददाता २५ साउन २०८१, शुक्रवार

वीरगञ्जः पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको पाइएको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएको पाइएको हो । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् ।
सरकारले महिला उद्यमीको स्वामित्वमा नयाँ घरेलु तथा साना उद्योग दर्ता गरे ३५ प्रतिशत छुट दिने प्रावधानले महिला उद्यमीका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको बताइएको छ । छुट पाउने प्रावधानकै कारण महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धञ्जयकुमार सिंहले बताउनु भयो ।

318 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता