काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहको कुल ४ लाख ७ हजार १८२ कित्ता शेयर बिक्रीमा राखेको छ ।
संस्थापक शेधरधनीले मात्र खरिद गर्न पाउने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको छ ।
शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले आफूले किन्न चाहेको शेयर विरण खुलाई ३५ दिनभित्र सिटिसी मल, सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।
साझा अर्थ संवाददाता