आज बिहीबार ४ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। पुस १२ गते र पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेका चार कम्पनीका आजसम्म कायम शेयरधनीले सर्वोत्तम सिमेन्ट, एचआईडिसीएल, सिद्धार्थ बैंक र ग्रिन भेन्चर लिमिटेडको लाभांश प्राप्त गर्न सक्नेछन् । आजसम्म कायम शेयरधनीले सर्वोत्तम सिमेन्टको ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश, एचआईडिसीएलको ५.२५ प्रतिशत नगद लाभांश, सिद्धार्थ बैंकको ४ प्रतिशत नगद लाभांश, ग्रिन भेन्चर लिमिटेडको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश प्राप्त गर्न सक्नेछन्
साझा अर्थ संवाददाता