पात्रो

रेडियो

समाचार खोजी

पाँच महिनामा सवा तीन लाख बैदेशिक रोजगारीमा, मंसिरमा मात्रै ८४ हजारले लिए श्रम स्वीकृति

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

काठमाडौं । मंसिर महिनामा ८४ हजार २२६ जना नेपाली वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् ।  वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको मंसिर महिनाको तथ्यांक अनुसार ले त्यसमा ४२ हजार ९०६ जना नयाँ श्रम स्वीकृती लिएर वैदेशिक रोजगारमा गएका छन् ।यो संख्या मासिक आधारमा हालसम्मको उच्च हो ।
समीक्षा महिनामा युएईमा सबै भन्दा धेरै २४ हजार ७६९ जना नेपाली कामदार गएको तथ्यांकमा उल्लेख छ । दोस्रो स्थानमा रहेको साउदी अरबमा १८ हजार ११५ र तेस्रो स्थानमा रहेको कतारमा १४ हजार ८४४ जना नेपाली कामदार गएका छन् । समिक्षा महिनामा बिभिन्न १०० मुलुकमा नेपाली कामदार गएका छन् । 

तथ्यांकअनुसार चालु आवको पाँच महिनामा तीन लाख २५ हजार ८०९ जना नेपाली वैदेशिक रोजगारमा गएका छन् । त्यसमा साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९० र मंसिरमा ८४ हजार २२६ जना वैदेशिक रोजगारमा गएका छन् । 

 


 

292 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ