पात्रो

रेडियो

समाचार खोजी

ग्लोबल आइएमई बैंकद्वारा हाटबजार सञ्चालन

साझा अर्थ संवाददाता १० पुष २०८१, बुधवार

 

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल हाटबजार’ सञ्चालनमा ल्याएको छ । बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याएको हो ।

‘उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरूले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौंको कमलादी शाखा कार्यालयमा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्नेछ ।बंैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीले उक्त हाटबजारको उद्घाटन गरेका छन् । 

सिइओ रेग्मीले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरूको बजारमा पहुँच विस्तार गर्नु हाटबजारको प्रमुख उद्देश्य रहेको बताए । 

हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दैै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गर्ने सिइओ रेग्मीले बताए । 

‘यो हाम्रो सानो तथा सिम्बोलिक अभियान हो । यसैगरी, हाम्रा अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ । हाम्रो अर्थतन्त्रको आधार यिनै लघु, साना तथा मझौला उद्यम नै हुन् । यसका साथै आफ्ना ऋणीले उत्पादन गरेका वस्तु खपत गर्ने तथा ती उत्पादनलाई प्रवर्द्धन गर्नु बैंकको पनि दायित्व हो,’ उनले भने । 

हाटबजारमा विषादीरहित कृषिउपज, रैथाने बाली तथा सोअनुरूपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवालगायतका सामग्री प्रदर्शन तथा बिक्रीका लागि राखिने सिइओ रेग्मीले जानकारी दिए । 

130 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्