काठमाडौं । ई–कमर्स प्लेटफर्म दराजले नजिकिँदै गरेको नयाँ वर्षको स्वागतार्थ ‘१.१ न्यू इयर मेगा सेल’को आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगा सेल, पुस १० गतेदेखि २१ गते सम्म चल्ने दराजले जनाएको छ ।
दराजको १.१ न्यू इयर मेगा सेल मार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा रु ४,००० सम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ ।
मेगा सेलमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६०% सम्म छुटका साथै बजेट बाइज् अन्तर्गत रु. ६९९, रु. ९९९, र रु. १,९९९ भित्रको विशेष अफरहरूको मज्जा समेत लिन सक्नेछन् । यस्तै दराजले आफ्ना ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ ।
साझा अर्थ संवाददाता