पात्रो

रेडियो

समाचार खोजी

२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) आज  २८.९१ अंकले बढेको हो । १.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६१२.२० अंकमा उक्लिएको छ । साताको पहिलो दिन हिजो आइतबार १३.५३ अंकले बजार घट्दा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ बराबरको कारोबार भएको थियो ।   

आज ३२८ कम्पनीका ८९ लाख ८ हजार ८ सय ५१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३.३३ रुपियाँ बराबरको कारोबार भएको छ । 

बजार उचालिएसँगै विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्स, सुपर मादी हाइड्रो, बाराही हाइड्रो, बलेफी हाइड्रो र नेपाल हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९९, ९.९३ र ९.८६ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज जानकी फाइनान्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १८ करोड ८४ लाख ६६ हजार ३ सय ३५.२० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

 

197 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता