पात्रो

रेडियो

समाचार खोजी

कृषि विकाश बैंकको बुक क्लोज पुुस १६ गते

साझा अर्थ संवाददाता ८ पुष २०८१, सोमवार



काठमाडौं । कृषि विकास बैंकले पुस २९ गतेका  कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडेमा १८औं वार्षिक साधारणसभा डाकेको छ । 

सभाले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र करसहित ७.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । साथै अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गर्नेछ ।

सभा प्रयोजनका लागि बैंकले पुुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

179 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता