काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्न प्रस्ताव पारित गर्ने भएको छ । सस्थाले आगामी पुस २९ गते धलिखेलमा साधारण सभा आयोजना गर्ने भएको छ ।
उक्त सभाले एफपीओ निष्कासन गर्ने, संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्ने प्रयोजनका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गने र सर्वसाधारण र संस्थापक सेयर स्वामित्व परिवर्तन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ ।
साधारण सभाका लागि पुस १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
साझा अर्थ संवाददाता