पात्रो

रेडियो

समाचार खोजी

विम्सटेक चेम्बर गठन हुँदै

नेपाल उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

साझा अर्थ संवाददाता २४ साउन २०८१, बिहिवार


विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । विम्सटेक विजनेज समिटमा यस 
क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र 
मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।
आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष 
चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गर्नु भयो । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले 
चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गर्नुभयो । 
विम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको 
थियो । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको 
गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।
बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय 
नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । 
चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ ।
सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ 
उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । 

 

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता