काठमाडौं । साताका पहिलो दिन आज शेयर बजार साढे ४ अर्बमा खुम्चिएको छ । आज बजार १३.५३ अंकले तल झरेको हो । आज ३१९ कम्पनीका ९१ लख ८० हजार ७ सय १८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार १ सय ७.१७ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
समग्रमा बजार तल झरे पनि सपोर्ट माइक्रोफाइनान्स, बाराही हाइड्रो, ङादी हाइड्रो, सुपर मादी हाइड्रो र पिपुल्स पावरका लगानीकर्ताहरुले क्रमशः १०, १०, १०, ९.९९ र ९.७१ प्रतिशतले नाफा कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.४० प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज रिभरफल्स पावरको कम्पनीको २२ करोड ३ लाख १२ हजार ८ सय ३४.८० रुपियाँ बराबरको कारोबार भएको छ ।
साझा अर्थ संवाददाता