पात्रो

रेडियो

समाचार खोजी

शिवशंकर हाइड्रो इन्भेस्टमेन्टको २५ लाख कित्ता आइपिओ आउँदै

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

शिवशंकर हाइड्रो इन्भेस्टमेन्टले  २५ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको छ । आइपिओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब पाँच करोड पुग्नेछ ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटललाई नियुक्त गरेको छ । यससम्बन्धी सम्झौतामा शिवशंकर हाइड्रोका अध्यक्ष खगेश्वर बोहरा र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

शिवशंकर हाइड्रो इन्भेस्टमेन्ट कम्पनी, शिवशंकर इन्भेस्टमेन्ट प्रालि र जय गणेश इन्भेस्टमेन्ट एक–आपसमा गाभिएर बनेको कम्पनी हो । यसले जलविद्युत्, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । 

हाल कम्पनीले सानिगाड हाइड्रो लिमिटेड ९३८।४६ मेगावाट०, कलंगा हाइड्रो लिमिटेड ९१५.३३ मेगावाट०, बुङ्गल हाइड्रो लिमिटेड ९१०।७ मेगावाट० र भिजन इनर्जी एन्ड पावर लिमिटेड ९५७.५ मेगावाट० नामक जलविद्युत् कम्पनीमा लगानी गरेको छ ।

308 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता