पात्रो

रेडियो

समाचार खोजी

श्रीनगर एग्रिटेकले आइपिओ निष्कासन गर्ने

साझा अर्थ संवाददाता ७ पुष २०८१, आइतवार

श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेडले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । रुपन्देहीमा सम्पन्न भएको कम्पनीको दोस्रो वार्षिक साधारणसभाले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । 

त्यसैगरी, सभाले अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन पारित गर्नुका साथै ६ जना सञ्चालक पनि नियुक्त गरेको छ । सञ्चालकमा कम्पनीका संस्थापक सतीशचन्द श्रेष्ठ, मौसुमी श्रेष्ठ, कमलप्रसाद नेपाल, पोषकराज पौड्याल तथा रामकृष्ण खतिवडा चयन भएका हुन् ।

त्यस्तै, स्वतन्त्र सञ्चालकमा भने अमरबहादुर थिङलाई अनुमोदन गरिएको छ । साधारणसभापछि बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सतीशचन्द श्रेष्ठलाई कम्पनी अध्यक्षमा निर्वाचित गरेको छ ।

216 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता