घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको पुस ५ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयर निष्काशनको निर्णय गरेको छ ।
कम्पनीले चुक्ता पुँजीको प्रति १ कित्ता शेयर बराबर ०.७५ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीको चुक्ता पुँजी ४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार ७ सय रुपैयाँ रहेको छ।
कम्पनीले हकप्रद निष्काशन प्रस्ताव आगामी पुस २७ गते साधारणसभ्गा बोलाएको छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।
साझा अर्थ संवाददाता