काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गर्न लागेको हो ।
हकप्रदबाट प्राप्त रकम २१६ मेगावाटको माथिल्लो सेति जलविद्युत आयोजना बनाउन उपयोग गरिने कम्पनीले जनाएको छ ।
मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति माघ १४ गते गते रहेको छ । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।
साझा अर्थ संवाददाता