पात्रो

रेडियो

समाचार खोजी

अन्तिम दिन ३१.४३ अंक घटेर २५९६ को विन्दुमा नेप्से

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ३१.४३ अंकले घट्दै २५ सय ९६ को विन्दुमा रोकिएको छ । आज दिनभर कुल ३ सय १० कम्पनीका ९८ लाख ३२ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ६७ हजार नाघेको छ ।  परिसुचक ओरालो लाग्दा २ सय ११ कम्पनीको सेयरमूल्य घटेको छ । यससँगै आज २९ कम्पनीको सेयरमुल्य मात्रै उकालो लागेको नेप्सेले जानकारी दिएको छ ।  बिहीबार सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्दा नारायणी विकास बैंकको सेयर मूल्यमा सर्वाधिक अर्थात् ९.२१ प्रतिशतको गिरावट आएको छ। 

227 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता