पात्रो

रेडियो

समाचार खोजी

बिजय लघुबित्त र इन्फिनिटी लघुवित्तले लाभांस नदिने

साझा अर्थ संवाददाता ४ पुष २०८१, बिहिवार

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाको पुस ४ गते बिहान बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैठकले आव २०८०र८१ को वित्तीय विवरणअनुसार कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिम स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।  
त्यस्तै, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि  पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  
 दुइ वटै सस्थाको लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।  
 

193 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता