बुटवल पावर कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले लाभांश पारित गर्न पौष २८ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनार्थ कम्पनीले पा्रष १८ गते बुक क्लोज मिति तय गरेको छ । पौष १७ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
सोही साधारणसभामा कम्पनीले थप सार्वजनिक निष्काशन (एफपीओ निष्काशन)को प्रस्ताव पनि पेश गर्नेछ ।
साझा अर्थ संवाददाता