पात्रो

रेडियो

समाचार खोजी

सामान्य अंकले घट्यो नेप्से

साझा अर्थ संवाददाता ३ पुष २०८१, बुधवार

 नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । बजार मापन गर्ने सूचक ५.६० अंकले घट्दा परिसूचक २६२८.२६ बिन्दु कायम भएको छ । आज कारोबार अवधिभर कुल ३ सय १४ कम्पनीका ८१ लाख ४७ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब २७ करोड माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये वित्त, लघुवित्त र व्यापारबाहेकका सबै समुहको परिसुच ओरालो लागेका छन् । आज कुल १ सय ४९ कम्पनीको सेयरमुल्यमा गिरावट आउँदा ८१ कम्पनीको सेयरमुल्य बढेको छ । बुधबार बैंकिङ समूहको सेयर मूल्य ०.३६ प्रतिशत, विकास बैंक समूह ०.१६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४२ प्रतिशत, हाइड्रोपावर समूह ०.३६ प्रतिशत, लगानी समूहको ०.३२ प्रतिशत, जीवन बिमा समूह ०.३३ प्रतिशत, उत्पादन समूह ०.३२ प्रतिशत, म्युचुअल फन्ड समूह ०.२६ प्रतिशत, र निर्जीवन बिमा समूहको सेयर मूल्य ०.३७ प्रतिशतले घटेको छ।

यस्तै, फाइनान्स समूहको सेयर मूल्य १.०७ प्रतिशत, माइक्रोफाइनान्स समूहको सेयर मूल्य ०.०९ प्रतिशतले बढेको छ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा बढी जानकी फाइनान्स कम्पनीको १५ करोड ५९ लाख २३ हजार दुई सय ८६ बराबरको एक लाख ७१ हजार चार सय ८६ कित्ता सेयर किनबेच भएको छ।

181 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता