चिलिमे जलविद्युत कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत २ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी पुस २८ गते हुने साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
साधारणसभाको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १५ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता