पात्रो

रेडियो

समाचार खोजी

माउण्टेन इनर्जीको १५ प्रतिशत बोनस पछि ५० प्रतिशत हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता २ पुष २०८१, मङ्गलवार



माउण्टेन इनर्जी नेपाल लिमिटेड  कम्पनीको पुस १ गते बसेको संचालक समितिको बैठकले  आर्थिक वर्ष २०८०र८१ मुनाफाबाट वितरण गरिने १५ प्रतिशत बोनस शेयरपछि कायम हुने चुक्ता पुजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गतेको लागि साधारणसभामा  लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्।

कम्पनीको मङ्सिर १७ गतेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरिसकेको छ ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५।७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार रुपैयाँ रहेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस संगै पुस १० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

274 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु