काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक १.९१ प्रतिशत अर्थात ५१.३७ अंकले घटेर २ हजार ६३०.९१ विन्दुमा सीमित बनेको छ ।
यो दिन सेन्सेटिभ इन्डेक्स १.५१ प्रतिशतले घटेर ४५१.२८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा स्क्रिप्टको १ करोड २७ लाख ४५ हजार ७७७ कित्ता सेयर ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आज फाइनान्स समूह सर्वाधिक अर्थात ४.४१ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.४९ प्रतिशत, विकास बैंक २.०३, होटल २.३१, हाईड्रो २.३६, लगानी १.५६,जीवन बीमा १.८२, उत्पादन तथा प्रशोधन १.१६,लघुवित्त १.८६,म्युचुअल फण्ड ०.९१,निर्जीवन बीमा १.४२ र अन्य समूह १.४५ प्रतिशतले घट्यो ।
साझा अर्थ संवाददाता