पात्रो

रेडियो

समाचार खोजी

एनएमबी बैंकले शेयरधनीलाई कुनै लाभांस नदिने

साझा अर्थ संवाददाता १ पुष २०८१, सोमवार

 

काठमाण्डौ । एनएमबि बैंकको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले  २९ औं साधारण सभा डाकेको छ ।  
 पुस २५ गते बोलाइएको साधारणसभामा गत आवका लागि कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेकाले उक्त सभामा लाभांशको कुनै पनि अजेण्डा राखिएको छैन ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम प्रति सेयर रु। १०० अंकित दरका रु। ३ अर्बबराबरको ‘एनएमबि ८।२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । साधारण सभा प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय बैंकले गरेको छ ।  

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता