काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने म्याद १६ पुससम्म थपिएको छ । कात्तिक २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
कम्पनीले गत मंसिर ११ गतेदेखि प्रतिकित्ता १०० रुपियाँका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद बिक्री खुला गरेको छ ।
कम्पनीले यसअघि पुस १ गतेसम्म आवेदन खुला गरेकोमा म्याद लम्ब्याइएको हो । सीडीएससीका अनुसार आइतबार साँझ ५ बजेसम्म १४ हजार ६८० जनाबाट २१ लाख ६ हजार ९४८ कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा ७८ प्रतिशत कम हो ।
साझा अर्थ संवाददाता