काठमाडौंः काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उहाँको आफ्नै निवास चाक्सीबारीमा निधन भएको हो ।
लामो समयदेखि आन्द्राको समस्याले पिडीत सिंहको ८८ वर्षको उमेर निधन भएकोउहाँको पारिवारीक स्रोतले जानकारी दिएको छ । २०४९ मा स्थानीय निर्वाचनमा विजयी बनेर उहाँ तत्कालीन काठमाडौं नगरपालिकाका मेयर बन्नु भएको थियो । बहुदलीय ब्यवस्थापछीको काठमाडौंको उहाँ पहिलो मेयर निर्वाचित हुनु भएको थियो ।
उहाँको शव लाई नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली ब्यक्त गरिएपछि आजै दाहसंस्कार गरिने छ ।
साझा अर्थ संवाददाता