काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले ८ प्रतिशत वोनश शेयर पारित गर्न ९१औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले पुस २५ गते लिसारा रिसेप्सन्स नक्साल काठमाडौंमा हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । सो प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
अतः पुस ७ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउन तथा सभामा सहभागिता जनाउन पाउनेछन् ।
साझा अर्थ संवाददाता