राधी विद्युत कम्पनीले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।कम्पनीले पुस १८ गते साधारणसभा आह्वान गरेको छ।
त्यस्तै कम्पनीले बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १ः०.६९८९ को अनुपातमा ६९.८९ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
साझा अर्थ संवाददाता