पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा ४५ अंकको सुधार

साझा अर्थ संवाददाता २६ मंसिर २०८१, बुधवार


शेयर बजार मापन गर्ने सूचक नप्से ४५.८८ अंकले बढेर परिसूचक २७१५.७१ बिन्दुमा पुगेको छ ।
बुधबार कारोबारमा ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।


कारोबारमा २११ कम्पनीको सेयर मूल्य बढेको छ भने २९ कम्पनीको घटेको। छ । बैंकिङ समूहको उपसूचक ३.४३ प्रतिशतले बढेको छ ।

कारोबारमा न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट बढेको छ ।  त्यस्तै, कुथली बुखरी स्मल हाइड्रो, नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला, राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

 खानीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट तहमा घटेको छ । यस्तै जोशी हाइड्रोपावर, सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

132 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता