काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई ५.२५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव सरकारले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
कम्पनीले पुस २४ गते बार्षिक साधारण सभा गर्ने भएको छ ।
सभा प्रयोजनका लागि पुस १२ गते बुक क्लोज गर्ने भएको छ ।
साझा अर्थ संवाददाता