काठमाडौंः आज सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । सुनको मुल्य १ लाख ५२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यावसायी संघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रूपैयाँमा सुन कारोबार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला ६० रुपैयाँले बृद्धि भएको छ । सोमबार प्रतितोला १ हजार ८६० रूपैयाँमा कारोबार भएकामा आज प्रतितोला १ हजार ९२५ रूपैयाँमा कारोबार भइरहेको छ ।
साझा अर्थ संवाददाता