पात्रो

रेडियो

समाचार खोजी

१२.८४ अंकले ओरालो झरेर २६७६.१५ अंकमा नेप्से

साझा अर्थ संवाददाता २४ मंसिर २०८१, सोमवार

 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) आज १२.८४ अंकले ओरालो झरेर २६७६.१५ अंकमा रोकिएको छ । 
आज ३१७ कम्पनीका १ करोड १५ लाख २३ हजार ३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६२ करोड ९९ लाख ४५ हजार ८ सय २२।०९ रुपियाँ बराबरको कारोबार भएको छ । 

इमर्जिङ नेपालका लगानीकर्ताहरुले सबैभन्दा बढी ८।७६ प्रतिशतले नाफा कमाएका छन् भने स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सबैभन्दा बढी एएआरएन इनफ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३५ करोड २७ लाख २० हजार ४ सय ४९ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार बजार ४५।९३ अंकले घट्दा ७ अर्ब ४६ करोड ३ लाख ४ हजार ९ सय ९९।५५ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 
 

171 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्