पात्रो

रेडियो

समाचार खोजी

एनसेल फाउन्डेसनको ‘ओरेन्ज द स्कुल’

साझा अर्थ संवाददाता २३ मंसिर २०८१, आइतवार

 

एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसा अन्त्य गर्न ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरिरहेका छन् । यो अभियान लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियानअन्तर्गत आयोजना गरिएको कार्यक्रममध्ये एक भएको बताइएको हो । यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराइसकिएको फाउन्डेसनले जनाएको छ । 

कार्यक्रमको उद्देश्य विद्यार्थी र शिक्षकलाई लैंगिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसीजस्ता जान्नैपर्ने विषयहरूमा जानकारी दिने रहेको छ । जोन्टा क्लब अफ काठमाडौंकी अध्यक्ष बिना रानाले भनिन्, ‘लैंगिक हिंसा विश्वव्यापी संकट हो, जसले आधारभूत मानव अधिकारको उल्लंघन गर्छ र लैंगिक समानतामा प्रगतिलाई रोक्छ । गरिबी, भेदभाव र जलवायु परिवर्तनजस्ता कारणले महिला र केटीहरूलाई जोखिम बढाउँछन् ।’

‘ओरेन्ज द स्कुल’ अभियानले विद्यालयमा यी मुद्दाहरूबारे चेतना जगाउने र सामूहिक प्रयासबाट सुरक्षित समुदाय निर्माण गर्न प्रेरणा दिने उद्देश्य राखेको छ । युवाहरूलाई सशक्त बनाउँदै मौनता तोड्न र हिंसामुक्त भविष्य निर्माण गर्न शिक्षित बनाउनु अत्यन्त महत्वपूर्ण छ ।  

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ