काठमाडौं । साताको पहिलो कारोबार दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसुचकमा ४५.९३ अंकले घट्दै २६ सय ८९ को विन्दुमा रोकिएको छ ।
आज कारोबारमा आएकामध्ये सबै समुहको परिसुचक ओरालो लागेका छन् ।
आज ३ सय २१ कम्पनीका १ करोड ७३ लाख ९२ हजार बढी कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड ३ लाख रुपैयाँकाखु किनबेच भएको छ । आज मानुसी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन, जोसी हाइड्रोपावर र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ ।
साझा अर्थ संवाददाता