पात्रो

रेडियो

समाचार खोजी

आज ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

साझा अर्थ संवाददाता २० मंसिर २०८१, बिहिवार

  


३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम आज दिन रहेको छ। सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट फण्ड र फर्स्ट माइक्रोफाइनान्सले साधारण सभाको लागि   मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेकोले छ । सोही कारण आज मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 
सूर्यज्योति लाइफ इन्स्योरेन्सले कर सहित २० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले पुस ६ गतेको लागि साधारणसभा बोलाएको छ ।

एनआरएन इन्फ्रास्ट्रकचरले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३२२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले पुस १२ गते साधारणसभा बोलाएको छ।

फर्स्ट माइक्रोफाइनान्सले ९ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ।

217 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता