काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडले १०.६५ प्रतिशत लाभांश घोषणा गरेको छ । मंसिर १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आवको मुनाफाबाट सेयरधनीहरुलाई कुल १०।६५ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ ।
प्रस्तावित लाभांश स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र आगामी ३१ औां साधारण सभाबाट पारित गरी वितरण गर्ने निर्णय समेत गरेको छ ।
साझा अर्थ संवाददाता