लक्ष्मी सनराइज बैंकको Digital December2024 अभियान सुरु
साझा अर्थ संवाददाता१८ मंसिर २०८१, मङ्गलवार
234
Shares
साझा अर्थ संवाददाता
१८ मंसिर २०८१, मङ्गलवार
काठमाडौं । लक्ष्मी सनराइज बैंकको डिजिटल बैँकिङ्ग प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैठौं संस्करण #Digital December2024 अभियान सुरु भएकॊ छ ।
‘सहजताको नयाँ परिभाषा उपहार सँगै’ (Convenience redefined with rewards) नाराको साथ यस अभियानले बैंकका ग्राहक तथा उपभोक्ता लाई डिसेम्बर महिनाभरी डिजिटल बैँकिङ्ग अपनाउन प्रोत्साहन गर्नका लागी बिभिन्न अफरहरु प्रदान गर्नुका साथै विभिन्न स्थानहरूमा वित्तीय साक्षरता बढाउन कार्यक्रमहरु पनि गर्ने बैंकले जनाएको छ ।
यस अभियानमा ग्राहकहरुलाई डिजिटल रूपमा सशक्त बनाउन र उनीहरुको बैँकिङ अनुभव सरल बनाउनका निम्ती निम्न प्रकारका योजनाहरु रहेका छन्:
सरलीकृतकरदाखिला: डिसेम्बर महिनाभरी मोबाईल मनी मार्फत आफ्नो PAN (स्थायी लेखा नम्बर) वा NID (राष्ट्रिय परिचयपत्र) को विवरण अद्यावधिक गरी १०० रुपैयाँ वा बढीको मोबाईल रिचार्ज गर्ने ग्राहकहरुले बैंकबाट थप १०० रुपैयाँको रिचार्ज प्राप्त गर्नेछन् । आफ्नो खातामा यसरी PAN वा NID अपडेट गर्नाले आफ्नो निक्षेपमा आर्जित ब्याजको कर कट्टी सजिलै प्रविष्ट हुनुका साथै अन्य फाइदाहरु पनि हुन्छन् ।
सहजबिजुलीबिलभुक्तानी: मोबाईल मनी प्रयोगकर्ताहरुले सजिलै एउटा मिस-कल मार्फत आफ्नो बिजुलीको बिल तिर्न सक्नेछन् । मोबाईल मनी एपबाटै सो सेवामा आबद्व भई डिसेम्बर महिनाभरी मिस-कल मार्फत बिल भुक्तानी गर्ने ग्राहकहरुले पनि १०० रुपैयाँ रिचार्ज प्राप्त गर्न सक्ने छन् ।
क्रेडिटकार्डमाविशेषअफर: तॊकिएकॊ योग्यता पुगेका ग्राहकहरुले डिसेम्बर महिनाभरी क्रेडिट कार्डको आवेदन दिई सो सेवा लिएमा जारी शुल्क साथै ५ वर्षको वार्षिक शुल्कमा पनि छुट पाउनेछन् ।
लचिलो वित्तीय समाधान:
आजकिनौं, भोलीतिरौं (BNPL): क्रेडिट कार्ड ग्राहकहरुले डिसेम्बर महिनाभरी आफ्नो क्रेडिट कार्ड प्रयोग गरी ३०,००० रुपैयाँभन्दा बढिको खरिद गरेमा बिना कुनै प्रोसेसिङ शुल्क र ब्याज बिनै सो भुक्तानीलाई सरल किस्ताबन्दिहरुमा विभाजन गर्न सक्नेछन् ।
अन्तर–बोर्डरभुक्तानीसेवा: लक्ष्मी सनराइज बैंकका QR सेवाग्राही व्यवसायीहरु (Fonepay Merchants) ले विभिन्न भारतीय मोबाइल वालेट मार्फत डिसेम्बर महिनाभरी भुक्तानी लिँदा लक्की ड्र द्वारा विभिन्न पुरस्कारहरु जित्न सक्नेछन्।
वित्तीय शिक्षा कार्यक्रम
यस अभियानको एक मुख्य भाग “डिजिटल संवाद” पनि रहेको छ, जस अन्तर्गत बैंकले अन्य डिजिटल वित्तीय सेवाप्रदायकहरु सँगको सहकार्यमा देशका विभिन्न स्थानहरूमा वित्तीय चेतना सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमहरु आयोजना गर्नेछ । यी कार्यक्रमहरु वितीय साक्षरता, डिजिटल बैँकिङ्ग सुरक्षा र नविनतम डिजिटल बैंकिङ्ग सुविधाहरू लगायतका विषयहरुमा केन्द्रित हुनेछन्।
यस्तै चेतनामूलक पहलहरूसँग विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरुको माध्यमबाट यस अभियानले डिजिटल बैंकिङलाई सबैका लागि थप सुलभ, सुविधाजनक र सुरक्षित बनाउने लक्ष्य राखेको छ। #DigitalDecember2024 को अफर तथा अन्य जानकारी बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमा पाउन सकिनेछ ।